global ime bank Long Banner Ad

गृहपृष्ठ मोरङको बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

मोरङको बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

मोरङको बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

मोरङको बेलबारीमा राप्रपाका मेयर उम्मेदवार खेमप्रसाद गौतम चढ्ने गाडीमा आगजनी गरिएको छ । मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर बा १२ च ९३८४ नम्बरको कार प्रयोग गर्दै आएका थिए ।

प्रहरीका अनुसार बेलबारी-२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो । उनी आगामी स्थानीय तह निर्वाचनमा बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका छन् । 

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका-१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् ।

सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु