global ime bank Long Banner Ad

गृहपृष्ठ गोली र सालकको खपटासहित पक्राउ

गोली र सालकको खपटासहित पक्राउ

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौंको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौंको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिंक गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद-६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु