गृहपृष्ठ नेपालले दियाे जिम्बावेलाई १८२ रनको लक्ष्य
नेपालले दियाे जिम्बावेलाई १८२ रनको लक्ष्य
पहिलो टी-ट्वान्टीमा नेपालले पाहुना टोली जिम्बावे 'ए'लाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३९ र दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए । आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । करण केसी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे,ब्राण्डन माभुता र जोन मासराले १/१ विकेट लिए ।
'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलिरहेको हो । सिरिजअन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्ने तय भएकाे नेपाल क्रिकेट एसाेसिएसन (क्यान)ले जनाएकाे छ ।
प्रकाशित समय : २०:५३ बजे




















