गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सकाे साधारणसभा सम्पन्न
आइएमई लाइफ इन्स्योरेन्सकाे साधारणसभा सम्पन्न
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको छ । साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।
यसका साथै आइएमई लाइफ इन्स्योरेन्सको मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । सभामा बोल्दै सभाका सभापति डा. रामहरि अर्यालले बिमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बिमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा बिमाको पहुँच पुर्याउन कटिबद्ध रहेको बताए ।
सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक सेयरधनीहरू, व्यवस्थापन समिति तथा अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित समय : ०१:२४ बजे



















