nmb bank

गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-६ बांगेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको इन्स्पेक्टर राजन ढकालले जानकारी दिए ।

किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मंगला गाउँपालिका-२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु