गृहपृष्ठ कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो
कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ भने बैंकको निष्क्रिय कर्जा ४.४ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसामा झरेको छ ।
बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रकाशित समय : ११:०८ बजे



















