global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज लाई ञेड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको महाराजगञ्ज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज लाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

बैंकका महाराजगञ्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वृत्तका नायव निरिक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्य महानगर भित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाबाट कोर बैकिङका सेवा मात्र नभई विभिन्न सामाजिक कार्यलाई प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु