गृहपृष्ठ रुसी आक्रमणमा परी कम्तीमा ६ को मृत्यु, ८ घाइते
रुसी आक्रमणमा परी कम्तीमा ६ को मृत्यु, ८ घाइते
रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ । अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् ।
क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ । 'अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,' उनले भने ।
घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए ।
प्रकाशित समय : २१:१८ बजे



















