गृहपृष्ठ फेरि सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी
फेरि सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।
‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरूको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दललगायत सबै सरोकारवाला समक्ष निम्न मागहरु प्रस्तुत गर्दछौँ । यी माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौँ ।’
प्रकाशित समय : १७:३९ बजे



















