global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’मा आँचल र सपूत (भिडियो)

‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’मा आँचल र सपूत (भिडियो)

‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’मा आँचल र सपूत (भिडियो)

प्रसिद्ध गायक तथा संगीतकार सत्यराज आचार्य र गायिका मिलन नेवारले आवाजमा ‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’ बोलको गीत सार्वजनिक भएको छ । देव गहतराजको प्रस्तुतिमा बिहीबार उक्त गीत भिडियोसहित सार्वजनिक भएको हो ।

गहतराजकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन गोपाल रसाईलीले गरेका हुन् । लोक शैलीमा आधारित डान्सिङ शैलीको गीतलाई म्युजिक भिडियोसहित तयार पारिएको छ । कविराज गहतराजले निर्देशन गरेको गीतमा गायक तथा अभिनेता प्रकाश सपूत र आँचल शर्माको अभिनय छ ।

सौरभ लामाको छायांकन अनि अर्जुन जिसीको सम्पादन रहेको भिडियोको रङ संयोजन रेनिश फागोले गरेका छन् । किरण विक र कमल थापाले रेकर्ड गरेको गीतको मिक्सिङ अनि मास्टरिङ श्यामश्वेत रसाईलीले गरेका हुन् । नयाँ वर्ष २०७९ को अवसर पारेर सार्वजनिक गरिएको गीतलाई ‘सत्यस्वरुप’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :

 

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु