global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको भाउ एक लाख २ हजार पुग्यो

सुनको भाउ एक लाख २ हजार पुग्यो

सुनको भाउ एक लाख २ हजार पुग्यो

शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार छापावाला सुन प्रतितोला एकलाख एक हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज थप ५०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख एक हजार ५०० रुपैयाँ पुगेको छ ।  यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु