global ime bank Long Banner Ad

गृहपृष्ठ घरायसी विवादमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या

घरायसी विवादमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या

घरायसी विवादमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या

उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाको हत्या भएको छ । बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ ।

बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु