गृहपृष्ठ विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु : इमरान खान
विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु : इमरान खान
इमरान खानले आइतबार पाकिस्तानमा अर्को र्याली गरेका छन् । प्रधानमन्त्री पद छाडेपछि लाहोरमा भएको यो र्यालीमा इमरानले अब देशमा विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु भएको बताएका छन् ।
इमरान खानले देशमा जनताले चुनेको सरकारलाई ध्वस्त पार्न विदेशबाट षड्यन्त्र भइरहेको दाबी गरे । तर जनताले जवाफ दिने उनको भनाइ छ । यसअघि ट्विट गर्दै उनले भनेका थिए,‘आजदेखि पाकिस्तानमा सत्ता परिवर्तनको विदेशी षडयन्त्रविरुद्ध स्वतन्त्रताको संघर्ष सुरु हुन्छ ।'
पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्री चयन हुँदैछ । इमरानको पार्टी तेहरिक-ए-इन्साफले शाह महमूद कुरेशीलाई उम्मेदवार बनाएको छ । उनी विपक्षी दलका संयुक्त उम्मेदवार शाहबाज सरिफसँग प्रतिस्पर्धा गर्दैछन् । इमरान खानले बारम्बार आफूलाई ‘विदेशी शक्तिहरूले सत्ताबाट हटाउन षड्यन्त्र गरेको’ आरोप लगाउँदै आएका छन् ।
प्रकाशित समय : १३:४० बजे


















