गृहपृष्ठ रोयल इनफिल्डलाई नेपालभर विक्रीको अनुमति
रोयल इनफिल्डलाई नेपालभर विक्रीको अनुमति

विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर विक्री अनुमति पाएको हो । कम्पनीले आफ्नो विक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ । रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन् l उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने उनले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र भारतको सफल यात्रा गरिसकेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयावधिमा ३५० सीसीको रोयल इन्फिल्ड मोटरसाइकलबाट पूर्व-पश्चिम राजमार्ग (मेची-महाकाली) यात्रा गरी कीर्तिमानसमेत कायम गरेका छन् ।
श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण '८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage)' अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम आयोजना पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । यसका साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डासमेत सगरमाथाको शिखरमा पुर्याउनका लागि निर्देशक संघाइबाट हस्तान्तरण गरिएको छ ।
प्रकाशित समय : १७:५६ बजे