गृहपृष्ठ पाँचखपनका मेयरले फिर्ता गरे गाडी
पाँचखपनका मेयरले फिर्ता गरे गाडी
संखुवासभाको पाँचखपन नगरपालिका प्रमुख विपिन राईले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । राईले प्रयोग गर्दै आएको को१झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् ।
उनले शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको राईले बताए ।
प्रकाशित समय : २०:३८ बजे


















