गृहपृष्ठ थुतुनोभरी रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही गर्यो : ओली
थुतुनोभरी रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही गर्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्लज्ज व्यक्तिको हातमा अर्थतन्त्र गएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरिएकोमा अशन्तुष्टी व्यक्त गर्दै निर्लज्ज व्यक्तिको हातमा अर्थतन्त्र गएको बताएका हुन् ।
उनले भने 'थुतुनोभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारवाही गरियो, अनुहार भरी रौ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो, अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारवाही गरीयो' । उनले उखान जस्तै गरेर गभर्नरलाई कारवाही गरेको बताए । अर्थतन्त्र जोगाउन खोजेका राष्ट्र सेवक, अर्थविद, अर्थशास्त्री, राष्ट्र बैंकबाट नै डेपुटी गर्भनरसम्म भएका, अर्थतन्त्र बुझेका गभर्नरलाई बलिको बोको बनाइएको ओलीले बताए । उनले गभर्नरमाथि छानविन गर्न माओवादी निकट भनिएका पूर्व न्यायधीशलाई छानविन गर्न समिति बनाईएको बताए ।अर्थतन्त्र जोगाउन खोजेकोमा गभर्नरलाई कारवाही गरिएको ओलीले बताए ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमाथि छानविन गर्न समिति बनाएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वत निलम्बनमा परेका हुन् । उनीमाथि छानविन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन भएको हो ।
प्रकाशित समय : १८:१५ बजे


















