गृहपृष्ठ एनआरएनए पूर्व उपाध्यक्ष साहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न अपिल

एनआरएनए पूर्व उपाध्यक्ष साहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न अपिल

एनआरएनए पूर्व उपाध्यक्ष साहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न अपिल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत तथा उद्धारमा हातेमालो गर्न संसारभर छरिएर रहेका नेपालीलाई अपिल गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व उपाध्यक्ष साहले बाढीका कारण ठुलो जनधनको क्षति भएको, धेरैले ज्यान गुमाएको र हजारौँ परिवार प्रभावित भएको भन्दै दुःख व्यक्त गरे । विदेशमा रहे पनि मातृभूमिसँगको नाता र जिम्मेवारी सधैँ कायम रहने उल्लेख गर्दै उनले विपत्तिको यो समयमा नेपाललाई सबैको साथ, सहयोग र सद्भावको आवश्यकता रहेको बताए ।

आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्न आह्वान गर्दै साहले सानो योगदानले पनि पीडित परिवारका लागि ठुलो सहारा पुग्ने विश्वास व्यक्त गरे । सहयोग रकमलाई पारदर्शी र सही ठाउँमा पु-याउनका लागि नेपाल सरकारको ‘एकद्वार प्रणाली’ नीतिअन्तर्गत सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहजीकरण गर्न उनले सबैमा आग्रह गरेका छन् ।

त्यसका लागि उनले सरकारको आधिकारिक त्तच् ऋयमभ समेत आफ्नो सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु