गृहपृष्ठ भारत सरकारको ३ कराेड लगानीमा बन्ने विद्यालय भवनको शिलान्यास
भारत सरकारको ३ कराेड लगानीमा बन्ने विद्यालय भवनको शिलान्यास
उदयपुरको गाईघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाबाट शिलान्यास भएको छ ।
सामुदायिक विकास परियोजनाका रुपमा भारत-नेपाल विकास सहकार्यअन्तर्गत ३ करोड ११ लाख रूपैयाँको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो । जिल्लाकै पुरानोमध्येको सो विद्यालयमा हाल ११ सय विद्यार्थी अध्ययनरत छन् । जसमा करिब ७० प्रतिशत छात्रा रहेका छन् ।
(2).jpeg)
प्रकाशित समय : २३:२२ बजे



















