गृहपृष्ठ महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन
महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन
'सबल बैंक, सफल सहकार्य'लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । बैंकले आइतबार केिन्द्रय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन् ।
'कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ' भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको हो । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले वेवसाइट www.mahalaxmibank.com मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गर्न सक्नेछन् ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख गहकलाई उच्चस्तरिय वित्तीय सेवा सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।
प्रकाशित समय : १३:५४ बजे



















