गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट
बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट
बैंक अफ काठमाण्डू लिमिटेड र होटल अदम पोखराबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी समझदारी भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात् ग्राहकले होटल अमद पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल अमदले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : २२:४८ बजे



















