गृहपृष्ठ त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखला : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखला : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।
श्रृंखलामा दुवै टोलीले सुखद सुरुवात गरिसकेका छन् । यी दुई टोलीले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गर्दै श्रृंखलामा विजयी सुरुआत गरेको हो । यसअघि नेपाल र मलेसिया ६ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमने-सामने भएका छन् । जसमध्ये ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ ।
प्रकाशित समय : १८:४५ बजे



















