global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकले देशैभर मनायो ‘ग्लोबल मनि विक’

नेपाल बैंकले देशैभर मनायो ‘ग्लोबल मनि विक’

नेपाल बैंकले देशैभर मनायो ‘ग्लोबल मनि विक’

नेपाल बैंक लिमिटेडले देशैभर वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरि ग्लोबल मनि विक सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ ।

ग्लोबल मनि विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि’ र ग्लोबल मनि विक को स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बैंकका सात वटै प्रदेशअन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

बाग्मती प्रदेशअन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नम्बर १अन्तर्गत २३, मधेश प्रदेशअन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेशअन्तर्गत ३ वटा शाखामा गरि कुल ८७ वटा स्थानमा उक्त कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा करिब ५००० सहभागी रहेका थिए । नेपाल बैंकले यस आर्थिक वर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना १६० शाखाबाट करिब १५००० सहभागिलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु