गृहपृष्ठ पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सो प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अन्य भू-भागमा सामान्यतया सफा रहने भएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित समय : १६:४६ बजे