गृहपृष्ठ समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान
समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान
नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताएका छन् ।
देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उनले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ भने । अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासंघले सहकार्य गरेर अघि बढिरहेको छ भने । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रजातन्त्र, समावेशी सिद्धान्तका क्षेत्रमा फोनिजको महत्वपूर्ण योगदान रहेको बताए । फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरि ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको हो भने ।
आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदै छ ।
प्रकाशित समय : १८:१७ बजे



















