गृहपृष्ठ माओवादी खाेज्दै तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

माओवादी खाेज्दै तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

माओवादी खाेज्दै तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादी खाेज्दै उनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत बताए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’

अहिलेकै सत्ता गठबन्धनलाई कायम राखेर चुनावमा जाने बताउँदै उनले योभन्दा अर्को विकल्प अहिले नसोचेको बताए । यद्यपि धेरै कुरा कांग्रेसमा भर पर्ने पनि उनले बताए ।

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु