global ime bank Long Banner Ad

गृहपृष्ठ होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउँछ: नेता कोइराला

होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउँछ: नेता कोइराला

होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउँछ: नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्न होली पर्वले सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे ।

होली पर्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताउँदै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गरी न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नमा यो पर्वले सहयोग पुर्‍याउनेछ भने । यस पर्वले एकापसमा रहेको तीक्तता अन्त्य गर्दै सबैलाई एकता कायम गर्नका लागि मद्दत गरोस् भनी उनले कामनासमेत गरे ।

बिहीबार पहाडी जिल्लाहरुमा मनाएको होली पर्व आज सुनसरीसहित तराई मधेस क्षेत्रमा एकापसमा रंग र अबिर लगाएर धुमधामका साथ मनाइँदैछ ।

प्रकाशित समय : २२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु