गृहपृष्ठ काठमाडौंमा माओवादीको वैचारिक-राजनीतिक प्रशिक्षण सुरु
काठमाडौंमा माओवादीको वैचारिक-राजनीतिक प्रशिक्षण सुरु
नेकपा (माओवादी केन्द्र)को बुधबारका लागि तय भएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, देवेन्द्र पौडेललगायत नेताहरु सहभागी छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको छ । यसअघि माओवादीले बागमती, प्रदेश १, कर्णाली र सुदूरपश्चिममा प्रशिक्षण दिइसकेको छ ।
.jpg)
प्रकाशित समय : २०:२४ बजे



















