global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा कोरोनाभाइरसबाट थप २ हजार ५०३ संक्रमित

भारतमा कोरोनाभाइरसबाट थप २ हजार ५०३ संक्रमित

भारतमा कोरोनाभाइरसबाट थप २ हजार ५०३ संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरस संक्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ । तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  ती मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जाइएको छ । भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ ।

योसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन् । सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेकाको संख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमण मुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना सुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु