global ime bank Long Banner Ad

गृहपृष्ठ बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा महिला पक्राउ

बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा महिला पक्राउ

बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा महिला पक्राउ

पूर्व श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् ।

६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु