गृहपृष्ठ होण्डाको एक्स्चेन्ज क्याम्प हुँदै
होण्डाको एक्स्चेन्ज क्याम्प हुँदै
नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले यहि फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काडमाडौं उपत्यकाको विभिन्न ठाउँमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
यस एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा ७००० रुपैयाँ अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्नेछन् ।
एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारी विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित समय : १७:०८ बजे



















