गृहपृष्ठ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्र भूसाल निर्वाचित
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्र भूसाल निर्वाचित
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट महेन्द्र राज भुषाल निर्वाचित भएका छन् । यस्तैगरी संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भए ।
उपाध्यक्षहरुमा प्रदेश १ बाट संयोजकमा इन्दु नेपाल योञ्जन, मधेश प्रदेशबाट संयोजकमा अभिशेक रोशन, बागमती प्रदेशबाट संयोजकमा बिक्रम अधिकारी, गण्डकी प्रदेशबाट संयोजकमा हेमन्त श्रेष्ठ, लुम्बिनी प्रदेशबाट संयोजकमा छम बहादुर अधिकारी (सुरेन्द्र), कर्णाली प्रदेशबाट संयोजकमा कान्त प्रसाद सुवेदी, सुदुरपश्चिम प्रदेशबाट संयोजकमा कृष्ण राज ढुंगाना निर्वाचित भएका छन् ।
संघको महासचिवमा होमप्रसाद अधिकारी, सचिवमा धीरज मैनाली, कोषाध्यक्षमा प्रकृति आचार्य रहेका छन् । यसैगरी सदस्यहरुमा समिर शर्मा, लवेन्द कुँवर, वर्षा कोइराला, मञ्जु दाहाल, हेम विडारी, देवेश कर्ण, ब्रह्मशंकर चाैधरी र श्रेयशध्वज जाेशी निर्वाचित भएका हुन् ।
केही समयअघि मात्रै स्थापना भएको यस संस्थाले अब तत्कालै ७ जना उपाध्यक्षहरुको संयोजकत्वमा प्रदेश प्रदेशमा समिति गठन गर्ने र स्वास्थ्य ब्यवस्थापकको हक़ हितका साथै अस्पताल व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा काम गर्ने नव निर्वाचित अध्यक्ष भुषालले बताए । उनले भने, हामीले तत्काल सातवटै प्रदेशमा समिति विस्तार गर्दै यस क्षेत्रमा काम गरिरहेका साथीहरुको सहयोगका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्नेछौँ । अझ धेरै साथीहरुसँग हातेमालो र सहकार्य गर्दै यस क्षेत्रमा देखिएका समस्याहरु निराकरण गर्न लागि पर्नेछौँ ।
प्रकाशित समय : ०३:१९ बजे



















