गृहपृष्ठ निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह- एमसीसीका आयोजनामा टेन्डर हाल्नुस्
निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह- एमसीसीका आयोजनामा टेन्डर हाल्नुस्
प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।
निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे । ‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाईंहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाईंहरु टेन्डर हाल्नुहोस् र पार्नुहोस् ।’
प्रकाशित समय : १९:२९ बजे



















