गृहपृष्ठ सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख
वाङमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा. सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
छातीमा निमोनिया देखिनाका साथै उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले बताए । उनले भने, 'उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।' अहिले उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको डा. बज्राचार्यले बताए ।
जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा आज राति पनि राखिने डा. बज्राचार्यले जानकारी दिए । जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दैछन् । जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् ।
प्रकाशित समय : ०३:०३ बजे



















