global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार मापन गर्ने परिसूचक 'नेप्से' १६.३० अंकले घटेको हो । साताको दोस्रो कारोबार दिन सोमबार बजार १५.६९ अंकले बढेको थियो । आज समग्र नेप्से सूचक ०.५७ प्रतिशतले घटेको छ ।

मंगलबार सेयर कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । सोमबार पाँच अर्ब दुई करोड २० लाख १७ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगबार छ अर्ब २१ करोड  ७२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । नेप्सेका अनुसार आज ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज २३० वटा कम्पनीको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड ८५ लाख रुपैयाँ बराको सेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । उक्त कम्पनीको सेयर मूल्य ५३१ रुपैयाँ कायम भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ३२ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य आज ४०५ रुपैयाँ कायम भएको छ । यस्तै अपर तामाकोशीको सेयर ३२ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित समय : २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु