global ime bank Long Banner Ad

गृहपृष्ठ कमल थापाले राप्रपा छाडे

कमल थापाले राप्रपा छाडे

कमल थापाले राप्रपा छाडे

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी उनले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । निर्मल निवासले आफूलाई हराएर राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्षमा जिताएकाे उनले आराेप लगाउने गरेका छन् ।

विज्ञप्ति :

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु