global ime bank Long Banner Ad

गृहपृष्ठ ४० मुलुकमा पुग्यो ओमिक्रोन, सतर्क रहन डब्ल्यूएचओको सुझाव

४० मुलुकमा पुग्यो ओमिक्रोन, सतर्क रहन डब्ल्यूएचओको सुझाव

४० मुलुकमा पुग्यो ओमिक्रोन, सतर्क रहन डब्ल्यूएचओको सुझाव

कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन् ।

प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ । भारतमा ओमिक्रोनबाट संक्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन् । तर, नेपालमा अहिलेसम्म यो भेरिएन्ट आइपुगेको जानकारी छैन । कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी संक्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । कोभिडका कारण दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड-१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना  छ । तर, यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ ।

रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्यांकलाई उद्धृत गर्दै यो भेरिएन्ट 'अत्यन्तै संक्रामक' रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने 'स्ट्रेन' बन्न सक्ने सम्भावना रहेको बताइन् । तर, यस्तो पूर्वानुमान गर्न भने कठिन रहेको उनको भनाइ छ । उनका अनुसार अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट संक्रमित रहेका छन् । 'हामी कति चिन्तित हुनुपर्छ ? हामी तयार अनि सतर्क रहनुपर्छ, आत्तिने होइन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं,' उनले भनिन् ।

डब्ल्यूएचकोका आपतकालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा झहिले कोभिड-१९ विरुद्ध 'निकै प्रभावकारी खोपहरू' उपलब्ध भएका र व्यापक रूपमा खोप वितरण गर्ने विषयमा ध्यान केन्द्रित गरिनुपर्ने बताए । कोभिडको नयाँ भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको एक साता हुँदा कोभिडको यो स्वरूपले पार्न सक्ने खतराबारे बुझ्न विश्व संघर्षरत छ । तर, यो जटिल विषयबारे केही जानकारीहरू भने प्राप्त हुन थालेको छ ।  (बीबीसीबाट)

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु