काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

7.55K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा आज नेतृत्वका लागि मतदान हुँदैछ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुने भएको हो । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

उपाध्यक्षमा नौ जना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १४९ जना निर्वाचित हुनेछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेबाट मतदान सुरु भएको छ।

अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । यसैबीच, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेत नेतृत्वको केन्द्रीय निर्वाचन समितिले हिजो मतदाता छानबिन सकेर जम्मा चार हजार ३८० जना मतदाताको अन्तिम नामावली सूची प्रकाशन गरेको छ ।