काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

7.62K
shares

निर्माण भएको १३ वर्षसम्म पनि मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बनेकाे छ । सदरमुकाम कुश्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र दोबिल्ला फलेवास-सडकको कुश्मा नगरपालिका-८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको मोटरेबल पुल जीर्ण बनेको हाे ।

समय समयमा मर्मत नहुँदा सवारी साधन र यात्रुसमेत जोखिम मोलेरै वारपार गर्न बाध्य छन् । पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको र पुलको दुवै छेउमा माटो जमेको छ । तर कुनै पनि निकायले मर्मतमा ध्यान नदिँदा सवारी साधन र यात्रु जोखिममा परेका छन् । पुलका पातानै उप्किएर खाल्डाे परेका छन् । गत चैतमा कुश्मा नगरपालिकाको पहलमा पूर्वाधार विकास कार्यालयले सामान्य मर्मत गरेको थियाे । फेरि वर्षायामको बाढीले झनै जोखिम बनाएको छ ।

तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ । पुलको नियमितरुपमा रेखदेख नहुँदा ओभर लोड भएका गाडी, डोजर, लोडर लगायतका हेबी इक्युमेन्टसमेत जाेखिम माेलेरै यात्रा गर्छन् । पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, 'पुलमा जुनसुकै बेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।' 

पुलबाट पाँच स्थानीय तहका ४५ भन्दा बढी वडामा सवारी साधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको संख्यामा सवारी साधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमताको भएको भए पनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूला ठूला डोजर-लोडरजस्ता उपकरण यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समिति पर्वतले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दा मर्मतको नभएकाे बताउँछ । पूर्वाधार विकास कार्यालय पर्वतले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको बताएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता गत चैतमा वेल्डिङ गरेर जोड्ने गरिएको र यस वर्ष मर्मतका लागि अरु योजना नरहेको कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।

पुल मर्मतका लागि स्टिमेट तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनकाे भनाइ रहेको छ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रुपमा सो पुल निर्माण गरेको थियो ।