गृहपृष्ठ फरक क्षमता भएकाहरुका लागि नि:शुल्क मेडिकल क्याम्प
फरक क्षमता भएकाहरुका लागि नि:शुल्क मेडिकल क्याम्प
गैरसरकारी संस्था टिम नेपोले फरक क्षमता भएकाहरुका लागि निःशुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ । गत शनिबार कीर्तिपुरको पाँगामा रहेको नवज्योती प्राथमिक विद्यालयमा आयोजना गरिएको उक्त क्याम्पबाट २९ जना फरक क्षमता भएका व्यक्तिले सेवा लिएका थिए । जसमा अधिकांश आँखाका रोगी र वृद्ध थिए ।
गैरनाफामुलक संस्था टिम नेपोले गत अगस्टदेखि फरक क्षमता भएका वृद्ध तथा असहायहरुका लागि निःशुल्क मेडिकल क्याम्पको मार्फत सेवा दिँदै आइरहेको छ । कार्यक्रममा राष्ट्रिय अपांग युवा सञ्जालका अध्यक्ष महेन्द्र थापाले आयोजकलाई धन्यवाद दिए । टिम नेपोका तर्फबाट अध्यक्ष डा. निगम पौडेलले असाहय, जेष्ठ तथा फरक क्षमता भएका व्यक्तिलाई कोभिड र पछिका दिनहरुमा विशेष स्वास्थ्य सहायता पुर्याउन लागि परेको कुरा बताए ।
क्याम्पलाई अपांग युवा सञ्जाल र नेपाल आयुर्वेदा मेडिकल स्टुडेन्ट सोसाइटी तथा इन्टिग्रेटिभ मेडिसिन डेभलपमेन्ट फाउण्डेशनले सहयोग गरेका थिए । यसअघि पनि टिम नेपोले संखधर जेष्ठ नागरिक सेवा केन्द्र, दिव्य सेवा निकेतन ओल्ड एज होम गोल्फुटार र मानव सेवा आश्रम भक्तपुरमा निःशुल्क मेडिकल क्याम्पमार्फत सेवा पुर्याएको थियो ।
प्रकाशित समय : २०:०६ बजे



















