global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

आज बिहान देशभर आंशिक बदली रहेको मौसमी प्रणाली अनुसार दिउँसो तथा राति केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका  केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेका केही भागमा आंशिक वर्षा र यी प्रदेशका हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।

हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु