global ime bank Long Banner Ad

गृहपृष्ठ विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ

विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ

विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ

विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक-फरक स्थानबाट पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौंको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौंको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ ।

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र ११ लाख रूपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको ब्यूरोले जनाएको छ ।

यसैबीच आज काठमाडौंको नागढुंगाबाट झन्डै दुई किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । धादिङबाट शंकास्पदरूपमा पैदलै काठमाडौं आउँदै गर्दा उनलाई गाँजासहित नागढुंगा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ रहेका छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ । 

यसैबीच धादिङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको ११ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ । (रासस)

प्रकाशित समय : २३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु