global ime bank Long Banner Ad

गृहपृष्ठ शंखमूल करिडोरमा झिर रेष्टुरेण्ट सञ्चालन

शंखमूल करिडोरमा झिर रेष्टुरेण्ट सञ्चालन

शंखमूल करिडोरमा झिर रेष्टुरेण्ट सञ्चालन

शंखमूल करिडोरमा झिर रेष्टुरेण्ट सञ्चालनमा आएको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कने मनसायले शंखमूल करिडोरमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको सञ्जीव तिमिल्सनाले बताए । बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष काम गरेका तिमिल्सनासँग नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव छ । उनले सञ्चालनमा ल्याएको रेष्टुरेण्ट झिरमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतिको अनुभव गर्न पाउनेछन् ।

झिरमा ग्राहकहरुले विशेष गरी मटन, चिकेन तथा पोर्कका पोलेको मासुका परिकारहरूको मज्जा लिन सक्नेछन् । यस्ता परिकारहरू प्रति प्लेटका साथसाथै प्रति हाफ केजी, प्रति केजीमा पनि उपलब्ध हुनेछ । साथै रेष्टुरेण्टमा पेय पदार्थहरु पनि एमआरपी मूल्यमा बिक्री गरिनेछ । खानाको प्रस्तुतिमा पनि ग्राहकहरुले फरक पन पाउँनेछन् । थोरै लगानी, स्तरीय पद्धति, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरले फ्रञ्चाइज मोडेलको पनि सम्भावना बोकेको सञ्चालक तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु