global ime bank Long Banner Ad

गृहपृष्ठ यी दुई सर्तसहित नेपाल-भारत मैत्रीपूर्ण खेल ५१ सय दर्शकले प्रत्यक्ष हेर्न पाउने

यी दुई सर्तसहित नेपाल-भारत मैत्रीपूर्ण खेल ५१ सय दर्शकले प्रत्यक्ष हेर्न पाउने

यी दुई सर्तसहित नेपाल-भारत मैत्रीपूर्ण खेल ५१ सय दर्शकले प्रत्यक्ष हेर्न पाउने

नेपाल र भारतबीच हुने फुटबल प्रतियोगिता दर्शकले हेर्न पाउने भएका छन् । बिहीबार र आइतबार हुने प्रतियोगितामा ५१ सय दर्शकले प्रवेश पाउने भएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर खेल हेर्न दिन अनुमति दिएको हो ।

दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य रुपमा कोरोनाको पीसीआर परिक्षण नेगेटिभ भएकाे अथवा कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको हुनुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ । काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ । यो समयमा २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ ।

कोभिड- १९ महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रंगशालामा भएका थिए । यसअघि नेपाल सुपर लिग (एनएसएल) बन्द रंगशालामा भएको थियो भने त्यसअघि नेपाल, नेदरल्याण्डस र मलेसियाबिचको त्रिदेशीय क्रिकेट सिरिजका पछिल्ला खेलहरू पनि बन्द रंगशालामै सम्पन्न भएको थियो ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु