global ime bank Long Banner Ad

गृहपृष्ठ एक वर्षमा १५२१ अंक थपियो नेप्से, २२ खर्ब रुपैयाँ बढ्यो बजार पुँजीकरण

एक वर्षमा १५२१ अंक थपियो नेप्से, २२ खर्ब रुपैयाँ बढ्यो बजार पुँजीकरण

एक वर्षमा १५२१ अंक थपियो नेप्से, २२ खर्ब रुपैयाँ बढ्यो बजार पुँजीकरण

एक वर्षको अवधीमा नेप्से १५ सयभन्दा बढी अंकले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधीमा एक हजार ५२१ अंकले नेप्से बढेको छ भने २२ खर्बभन्दा बढी पुँजीकरण पुगेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्म एक हजार ३६२.४ अंकमा पुगेको नेप्से गएको वर्ष दुई हजार ८८३.४ अकंमा प्रवेश गरेको थियो । त्यस्तै धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष २२ खर्ब १८ अर्ब रुपैयाँ बढेको हो । राष्ट्र बैंकका अनुसार ०७७ को असार मसान्तसम्म बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

अहिले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । अघिल्लो वर्ष असारसम्ममा २१२ कम्पनीहरु नेप्सेमा सूचीकृत थिए ।

नेप्सेमा सूचीकृत २१९ कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ भने जलविद्युत कम्पनी ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योग ३.७ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्जमा गएको असारसम्ममा सूचीकृत ५८३ करोड शेयरको चुक्ता मूल्य ५७३ अर्ब २४ करोड पुगेको छ भने दुई खर्ब ८४ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस सेयर, ४२ अर्ब १७ करोड रुपैयाँ बराबरको साधारण सेयर, १८ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल चार खर्ब चार अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब ४ करोड रुपैयाँ बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १४ अर्ब ५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९ अर्ब ४० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको जनाइएको छ ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु