गृहपृष्ठ आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर
आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर
आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । भदाै १४ गते बाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने कम्पनीले जानकारी गराइएको छ ।
भदाै २४ गतेसम्ममा सञ्चालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत २० हजार जित्ने मौका पाउनेछन् । साथै यस च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५०० को टपअप पाउनेछन् भने सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगीले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् । मलेशिया, जापानलगाएत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार भुक्तानी काउन्टरबाट ग्राहकलाई सुविधा दिदै आइरहेको छ ।
अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने कम्पनीले अपेक्षा गरिएको छ ।
प्रकाशित समय : २१:१४ बजे



















