Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

आज कांग्रेस पदाधिकारी बैठक बस्दै फाइल तस्बिर ।

नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४औं महाधिवेशनबारे आवश्यक निर्णय लिन बिहीबार दिउँसो २ बजेपछि बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बैठक बस्न लागेको हो ।

भदौ १६-१९ का लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि कांग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे पनि छलफल जारी छ । क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले बताए । निर्धारित मितिमै महाधिवेशन गर्ने गरी निर्णयमा पुग्ने उनकाे भनाइ छ ।

सम्बन्धित खबरहरु