Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

रिलायबल इन्स्योरेन्सको सीईओमा पुनः लोहनी नियुक्त

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

रिलायबल इन्स्योरेन्सको सीईओमा पुनः लोहनी नियुक्त

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नारायणबाबु लोहनी नियुक्त भएका छन् ।

कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको निर्णय र बिमा समितिको मंगलबारको पत्रानुसार इन्स्योरेन्सको सीईओमा लोहनीलाई नियुक्त गरेको हो ।

सञ्चालक समितिले लोहनीको नेतृत्वमा संस्थागत सुशासन, उच्चतम प्रविधिको प्रयोग, अभिकर्ताहरुको बृहत् सञ्जाल र लगानीको विविधीकरण गरी नेपाली बिमा कम्पनीहरु बीच प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित खबरहरु