Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

पाँचखालका सुमन १३ दिनदेखि बेपत्ता

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

पाँचखालका सुमन १३ दिनदेखि बेपत्ता

पाँचखाल नगरपालिका-६ का ३६ वर्षीय सुमन ढुंगाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएका छन् । पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । 'सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु,' सम्झनाले भने ।

खेती–किसानी गर्दै आएका सुमन हराएको दिन दिउँसो काभ्रेको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौंको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए । उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन् । निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् । (रासस)

सम्बन्धित खबरहरु