Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

जसपा विवाद : उपेन्द्र यादव पक्षले पायो आधिकारिकता (फैसलासहित)

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

जसपा विवाद : उपेन्द्र यादव पक्षले पायो आधिकारिकता (फैसलासहित)

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले साेमबार आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारे निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो । ५१ सदस्यीयमध्ये रेशम चौधरी तटस्थ बसेका थिए । डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुवै पक्षमा सनाखत गरेनन् । पक्ष-विपक्षमा भएका ५० जनामध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले एक साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा टुंगाे लगाएकाे हाे । जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो ।

फैसलाकाे पूर्णपाठ :

 

सम्बन्धित खबरहरु