global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङको ३० वटा माइक्रोवेभ ओभन प्रदान

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङको ३० वटा माइक्रोवेभ ओभन प्रदान

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङको ३० वटा माइक्रोवेभ ओभन प्रदान

गोल्छा ग्रुपले आइतबार टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीलाइ सामसुङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरेकी हुन् ।

उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो । कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले भनिन्, 'हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ ।

हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई उनीहरुको खटिनपर्ने कठिन तथा व्यस्त समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ ।'

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु